१९ वर्षकी किशोरी भित्री वस्त्र प्रयोग गरेर अपराध गरेको आरोपमा पक्राउ

डिसी नेपाल
१९ साउन २०७८ १५:२८

काठमाडौं। ब्राजिलमा १९ वर्षकी एक किशोरी पक्राउ परेकी छिन् । १९ वर्षकी लरेन रोमेइरोलाई पुलिसले पक्राउ गरेपछि उनको भित्री वस्त्रमा जाँच गर्दा कैयौं किसिमका लागूऔषध फेला परेका छन् । उनले एउटा भित्री वसत्रवित्र गाँजा र अर्को भित्री वस्त्रभित्र कोकिन लुकाएर राखेकी थिइन् । उनी बस्ने होटलको कोठामा छापा मार्दा ठूलो परिमाणमा लागूऔषध फेला परेको थियो । यी किशोरीलाई ‘किट्टी अफ क्र्याकल्याण्ड’ भनेर चिनिन्छ ।

पुलिसले उनका ब्वाइफ्रेण्डलाई पनि पक्राउ गरेको छ । पुलिसका अनुसार लरेनले साओ पाउलोको एक स्थानमा क्र्याक ड्रग्स बेच्ने कोसिस गरिरहेको जस्तो देखिएपछि पुलिसलाई शंका भएको थियो । उनलाई पक्राउ गरेर तलाशी लिँदा उनको ब्राभित्रबाट गाँजा र अण्डरवेयरभित्रबाट ६ प्याकेट कोकिन बरामद भयो । यसका अलावा १५ प्याकेट क्र्याक ड्रग्स पनि भेटिएका थिए ।

पुलिसले होटल एवारेमा लरेनको कोठामा छापा मारेर त्यहाँका म्यानेजरलाई पक्राउ गरेको छ । त्यहाँबाट पुलिसले गाँजाका ८५ वटा झोला, कोकिनका २९५ प्याकेट र ८ ब्याग क्रयाक ड्रग्स बरामद गरेको छ । ९७ वटा परफ्युमका बोटल र १६ एक्सटेसी ड्रग्स पनि भेटिए । लरेनका दाजुले यस विषयमा कुरा गर्दै लरेन पछिल्ला केही वर्षमा गलत मानिसहरुको संगतमा परेको बताउँदै उनले आफूले गरेको अपराधको सजाय भोग्नुपर्ने बताए ।

पुलिसले लरेनलाई पक्राउ गरेको क्षेत्र ब्राजिलको सबेभन्दा धेरै ड्रग्स प्रभावित क्षेत्र मानिन्छ । साओ पाउलोको यो ठाउँलाई ड्रग्स तस्करीका कारण क्र्याकल्याण्ड नाम दिइएको छ । यो ठाउँमा अपराधीहरुको पनि निकै दबदबा छ । यहाँ ग्राहकलाई प्रभावित पार्नको लागि कहिलेकाहीँ सित्तैमा पनि ड्रग्स दिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *