गजल
कोही आँखामा यसरी बसी दिन्छ,
मानौं आँखाको नानी बनी दिन्छ।
फूलहरुलाई के मन्दिर के बगैंचा,
फूल त आर्यघाटमा पनि फूली दिन्छ।
तिमीले चौतारीमा पर्खिनु भनेकी छौ,
लाग्छ कुनै बटुवाले यो मन चोरी दिन्छ।
जिन्दगी नै दिँदा पनि पुग्दैन कसैलाई,
कसैलाई झरेको फूल उपहार भई दिन्छ।
यो प्यार यस्तै हो, इन्तजार यस्तै हो,
जति प्यास मेटाउछ उति तिर्सना थपिदिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment