कविता : नारी तिमी
निराशाका दिनहरुमा आशाको किरण बनिदिन्छ्यौ तिमी
आशाका दिनहरुमा प्रेरणाका स्रोत बनिदिन्छ्यौ तिमी।
अन्धकारका दिनहरुमा त्यो उज्यालोको प्रकाश बनिदिन्छ्यौ तिमी
अनि उज्यालाका दिनहरुमा हौसला बनिदिन्छ्यौ तिमी।
शिशिरको जाडोमा न्यानो अङ्गालो बनिदिन्छ्यौ तिमी
अनि वसन्तको गर्मीमा शीतल हावा बनिदिन्छौ तिमी।
वर्षाका दिनहरुमा ओत लाग्ने छहारी बनिदिन्छ्यौ तिमी
अनि उजाड खडेरीका दिनहरुमा पानीको मुहान बनिदिन्छ्यौ तिमी।
तिमी नारी तिम्रा रुप अनेक
अनि हरेक रुपमा आफूलाई रुपान्तरण गर्न सक्ने कला अनेक।
कहिले आमा भएर संसार देखायौ
त कहिले दिदी भएर संसारबाट जोगायौ
अनि कहिले छोरी भएर आफ्नो दायित्व पूरा गयौ
कहिले असल गुरुआमा भएर सही बाटो देखायौ
अनि कहिले एक मित्र भएर सुख, दुःखमा साथ दियौ।
कहिले गृहिणी भएर घर त कहिले डाक्टर नर्स,
इन्जिनियर आदि भएर संसार चलायौ
अनि प्रायः उत्साहको स्रोत भएर डटेर अघि बढ्न सिकायौ।
शहनशीलताकी प्रतिमूर्ति तिमीले सकारात्मक रही अनेक
आरोह–अवरोहको सामना गर्न सिकायौ
हरेक परिस्थितिमा हाँसेर बाँच्न सिकायौ।।
No ads found for this position

डिसी नेपाल
Facebook Comment