अमेरिकाबाट नेपाललाई बौद्धिक सहयोग दिन एनएनए तयार

डिसी नेपाल
२४ साउन २०७८ ५:१३

वासिंगटन डिसी । अशोसिएसन अफ नेप्लिज इन द अमेरिकाज् (ए.एन.ए) ले नेपाल सरकारले बौद्धिक सहयोग चाहेमा अमेरिकाबासी नेपाली बौद्धिक जनशक्ति का तर्फबाट सहयोग गर्न तयार रहेको बताएको छ ।

नेपालका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै एएनएका तर्फबाट लेखिएको बधाइ सन्देशमा सो कुरा उल्लेख गरिएको छ । एएनएका अध्यक्ष विजयराज भट्टराईले प्रषित गरेको विज्ञप्तिमा नेपाल सरकारलाई त्यस्तो सहयोग आवश्यकता परे एनएनएले नेतृत्व लिएर सहयोग जुटाउन तयार भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपाल कोभिडको विषम परिस्थितिमा परेको बेला विदेशामा रहेका नेपालीहरुले नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तहरुको निमित्त ८७१ विलियन नेपाली रुपैंया पठाएको जानकारी पनि दिइएको छ ।

यो रकम नेपाल सरकारको पूर्ण बजेटको आधा रकम रहेको उल्लेख गर्दै यसरी मातृभूमिको निमित्त चिन्तित तर परिस्थितिबस बिदेशिएका प्रवासी नेपालीहरुको समस्यामा भने सरकारले चासो नदेखाएको प्रति ध्यानाकर्षण गराएको छ ।

सन २०१५ मै संबिधानमा उल्लेख गरिएको गैर आवासीय नेपाली नागरिकताको कानून निर्माणमा सरकारको उदासिनतालाई ए.एन.एले. स्मरण गराएको छ । देशमा बढ्दै गएको जातीय राजनीति र दलितहरुप्रति असुरक्षा बढ्दै गएको बिभिन्न घट्नाले देखाएको उल्लेख गर्दै एनएनएले सो कुरामा ध्यान दिन प्रधानमन्त्रीलाई अनुरोधसमेत गरेको छ ।

ए.एन.ए. ले बिशेष गरेर आफ्नो पहिचान बौद्धिक तथा प्रोफेशनल क्षेत्रमा निकै दह्रो रुपमा स्थापित गरेको छ । उत्तरी अमेरिकाको जेठो राष्ट्रिय संस्था हुनुको नाताले यस संस्थाले डायस्पोरामा आफ्नो छवि र स्थान छुट्टै बनाएको छ ।

ANA Press Release_Congratulations to PM of Nepal Mr. Deuba




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *