अमेरिकी राष्ट्रपति बाइडेनकाे राजीनामा माग
काठमाडौं । अफगानस्तानलाई तालिवानले कब्जामा लिएपछि अमेरिकामा हलचल भएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन्।
अफगानको विषयलाई लिएर चौतर्फी आलोचना खेपिरहेको वाइडेनको ट्रम्पले राजीनामा मागेका हुन्। ‘अफगानस्तानमा गरेको अपमानको लागि बाइडेनले राजीनामा दिनु पर्छ,’ ट्रम्पले भनेको छन्।
अमेरिकी सेना अफगानस्तानबाट फिर्ता लिने निर्णय ट्रम्प सरकारकै पालामा भएको बाइडेन प्रशासनले स्मरण गराएको छ। ट्रम्प सरकारको पालामा सेना फिर्ता लिने निर्णय भए पनि बाइडेनले सत्ता सम्हालेपछि उक्त कुरा स्पष्टरुपमा सार्वजनिक भएको थियो।
अमेरिकी सेना अफगानिस्ताबाट फिर्ता हुनासाथ तालिवानले आफ्नो कब्जाको कार्यलाई तीब्रता दिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment