अमेरिकामा बस्ने आशामा विमानमा झुण्डिएर उडे १७ वर्षका किशोर !

डिसी नेपाल
३ भदौ २०७८ १५:५०

काठमाडौं। अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएसँगै यहाँको माहोल अस्तव्यस्त छ । सामाजिक संजालमा यस्ता कैयौं भिडियो भाइरल भएका छन् जसमा तालिबानी नागरिकलाई काबुल विमानस्थलमा भागिरहेको देख्न सकिन्छ । तालिबानको डरले यी मानिसहरु जसरी भए पनि आफ्नो देशबाट निस्किने कोसिस गरिरहेका थिए । यस्तै एउटा भिडियो भाइरल भएको थियो जसमा अमेरिकी सेनाको एक विमानबाट एक व्यक्ति खसेको देख्न सकिन्छ ।

हवाइजहाजबाट खस्ने यी किशोर केवल १७ वर्षका थिए । १७ वर्षका किशोर रेजा आफ्ना १६ वर्षका भाइ कबीरसँग भागेर काबुल एयरपोर्ट पुगेका थिए । अमेरिकीविमानबाट खसेका रेजाको शव परिवारले पाइसकेका छन् तर उनका भाइ कबीरका विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । खासमा यी दुई किशोरहरुले अफगानिस्तानबाट २० हजार जनालाई अमेरिका वा क्यानडा लगिने थाहा पाएका थिए । तालिबानी राजसँग डराएका उनीहरु आफ्नो भाग्य परीक्षण गर्न एयरपोर्ट पुगेका थिए ।

भाइस न्युजसँग कुरा गर्दै रेजाको परिवारका एक सदस्यले उनी कसैलाई नबताइ भागेको बताए । ती आफन्तका अनुसार रेजाले आफ्नो परिचय पत्र घरबाट उठाएर एयरपोर्टतिर गएका थिए । उनी तालिबान राजमा रहन चाहँदैनथे । अमेरिकी सैन्य विमान सी–१७ एयरक्राफ्ट काबुल विमानबाट उड्ने बेला त्यहाँ निकै ठूलो भिड भएको थियो । रिपोर्टका अनुसार यो विमानबाट खसेर ३ जनाको मृत्यु भएको छ ।

रेजा र कबीरसहित उनीहरु ६ जना दाजुबहिनीहरु थिए । रेजा र कबीर सबैभन्दा ठूला थिए । अफगानिस्तानका यो उमेरका युवाले १९९६ देखि २००१ सम्म तालिबानको राज देखेका थिएनन् तर उनीहरुले यो कट्टरपन्थी समूहको राजमा हुने गरेका कडाइबारे परिवारबाट सुन्दै आएका थिए । अफगानिस्तानको युवा पिढी आफ्नो स्वतन्त्रता खोसिएको हेर्न चाहँदैनथे ।

रेजाको परिवारका एक सदस्यका अनुसार उनलाई नयाँ नयाँ कपडा लगाउने, बक्सिङ खेल्ने र सामाजिक संजाल चलाउने सोख थियो । अरु अफगानीहरुजस्तै उनी पनि डराएका थिए । अफगानिस्तानमा तालिबान राजलाई लिएर सबैभन्दा बढी महिलाहरु डराएका छन् । १९९६ देखि २००१ सम्म तालिबानले आफ्नो शासनकालमा महिलाहरुमाथि कैयौं प्रतिबन्ध लगाएका थिए । त्यतिबेला महिलाहरु घरबाहिर एक्लै निस्किन, घरबाहिर काम गर्न वा पढ्न प्रतिबन्ध थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *