गजल

डिसी नेपाल
५ भदौ २०७८ ६:५५

लास पनि त जल्छ जल्नुलाई मैले बर्बादी देख्दैन ।
प्रिय जल्नलाई माया गरेको हुँ आगो पानी देख्दैन ।।

यो अनुहारको खुसी तिमीलाई खुसी दिन भनेर हो ।
तर यो ऐनाको मान्छेलाई म कहिले खुसी देख्दैन ।।

म आखामा प्रेम खोज्न तिम्रो समिपमा आउने गर्छु ।
तिमी भन्छौ कोहि मान्छेले कसैको जवानी देख्दैन ।।

शरिर किन्न आउनेको भिँडमा मन किन्न आको छु ।
प्रेम गर्न जानेको मान्छेले प्रेम गर्छ बदनामी देख्दैन ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *