विद्रोहीले तालिबानीको कब्जाबाट ३ जिल्ला खोसे, १५ तालिबानी मारिए, १० पक्राउ

डिसी नेपाल
५ भदौ २०७८ १४:२१

काठमाडौं। अफगानिस्तानमा तालिबानको कब्जापछि यो संगठनविरुद्ध विद्रोह पनि सुरु भएको छ । तालिबानले कब्जा गर्न नसकेको एकमात्र प्रान्त पंजशीरबाट तालिबानविरुद्ध विद्रोह सुरु भएको छ । विद्रोहीहरुले १५ जना तालिबानी मारिदिएका छन् भने १० जना तालिबानीलाई नियन्त्रणमा लिएका छन् ।

पंजशीरको स्थानीय सूत्रका अनुसार यहाँबाट करिब ५० किलोमिटर टाढाको बगलान प्रान्तको पुल ए हिसार र देह ए सलाह जिल्लाबाट तालिबानी झण्डा उखेलिएको छ । यहाँ पंजशीरका लडाकुहरुले अफगानिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् । केही स्रोतले बानु जिल्लामा पनि तालिबानीलाई भगाइएको र पंजशीरका लडाकुले जिल्ला कब्जा गरेको बताएका छन् ।

अफगानिस्तानका रक्षा मन्त्री जनरल बिस्मिल्ला मोहम्मदले पनि ट्वीट गरेर पुल ए हिसार, बानु र देह ए सलाहबाट तालिबानीलाई भगाइएको बताएका छन् । बिस्मिल्लाह मोहम्मद अशरफ गनी सरकारमा रक्षा मन्त्री थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *