तालिबानको बारेमा एलन मस्कको ट्वीट

डिसी नेपाल
७ भदौ २०७८ १०:४१
4.1k
Shares

काठमाडौं। संसारका सबेभन्दा धनी व्यक्तिहरुमध्ये एक एलन मस्कले तालिबानको बारेमा एक ट्वीट गरेका छन् । उनको यो ट्वीटको बारेमा सामाजिक संजालमा निकै चर्चा भइरहेको छ । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले तालिबानी लडाकुहरुको एक तस्वीर ट्वीट र उनीहरुले मास्क नलगाएको बारेमा लेखेका छन् ।

यो तस्वीरमा केही तालिबानी नेता र उनीहरुका सहयोगी उभिएका देखिएका छन् । यीमध्ये एक जनाले पनि मास्क लगाएका छैनन् । यो तस्वीरको साथमा लेखिएको छ ‘एउटा पनि मास्क छैन, हे भगवान ।’ त्यसपछि एलन मस्कले लेखेका छन् ‘उनीहरुलाई डेल्टा भेरिएन्टको बारेमा जानकारी पनि छ कि छैन ?’

मस्कको यो ट्वीटमा मानिसहरुले फरक फरक प्रतिक्रिया दिएका छन् । केहीले मस्कको समर्थन गर्दै गम्भीर टिप्पणी गरेका छन् । अर्कोतर्फ केहीले मस्कलाई उनी वैज्ञानिक भएकोले राम्रो आचरणको परिचय दिन आग्रह गरेका छन् । एक युजर माइकल ब्रेनर लेख्छन् ‘उनीहरुलाई विकासको बारेमा पनि थाहा छैन ।’

द गिटार ब्वाय नामको एक ट्वीटर ह्याण्डलबाट लेखिएको छ ‘छ, किनकि अफगानिस्तानको लागि यो समय सबैभन्दा ठूलो चिन्ता यही हो नि । एलन मस्क तिमी रकेट बनाउ ।’ एक अन्य युजर साइ चेतन मुप्पलाले लेखेका छन् ‘उनीहरुलाई यसको आवश्यकता छैन किनकि उनीहरु अपरिचित व्यक्तिलाई आफ्नो नजिक पर्न पनि दिँदैनन् ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *