तालिबानको बारेमा एलन मस्कको ट्वीट

डिसी नेपाल
७ भदौ २०७८ १०:४१

काठमाडौं। संसारका सबेभन्दा धनी व्यक्तिहरुमध्ये एक एलन मस्कले तालिबानको बारेमा एक ट्वीट गरेका छन् । उनको यो ट्वीटको बारेमा सामाजिक संजालमा निकै चर्चा भइरहेको छ । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले तालिबानी लडाकुहरुको एक तस्वीर ट्वीट र उनीहरुले मास्क नलगाएको बारेमा लेखेका छन् ।

यो तस्वीरमा केही तालिबानी नेता र उनीहरुका सहयोगी उभिएका देखिएका छन् । यीमध्ये एक जनाले पनि मास्क लगाएका छैनन् । यो तस्वीरको साथमा लेखिएको छ ‘एउटा पनि मास्क छैन, हे भगवान ।’ त्यसपछि एलन मस्कले लेखेका छन् ‘उनीहरुलाई डेल्टा भेरिएन्टको बारेमा जानकारी पनि छ कि छैन ?’

मस्कको यो ट्वीटमा मानिसहरुले फरक फरक प्रतिक्रिया दिएका छन् । केहीले मस्कको समर्थन गर्दै गम्भीर टिप्पणी गरेका छन् । अर्कोतर्फ केहीले मस्कलाई उनी वैज्ञानिक भएकोले राम्रो आचरणको परिचय दिन आग्रह गरेका छन् । एक युजर माइकल ब्रेनर लेख्छन् ‘उनीहरुलाई विकासको बारेमा पनि थाहा छैन ।’

द गिटार ब्वाय नामको एक ट्वीटर ह्याण्डलबाट लेखिएको छ ‘छ, किनकि अफगानिस्तानको लागि यो समय सबैभन्दा ठूलो चिन्ता यही हो नि । एलन मस्क तिमी रकेट बनाउ ।’ एक अन्य युजर साइ चेतन मुप्पलाले लेखेका छन् ‘उनीहरुलाई यसको आवश्यकता छैन किनकि उनीहरु अपरिचित व्यक्तिलाई आफ्नो नजिक पर्न पनि दिँदैनन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *