पंजशीर कब्जा गर्न गएका ५० भन्दा धेरै तालिबानीलाई विद्रोहीले मारिदिए, २० भन्दा धेरै बन्धक

डिसी नेपाल
८ भदौ २०७८ १०:२६

काठमाडौं। अफगानिस्तानमा तालिबानले कब्जा गर्न बाँकी रहेको एकमात्र प्रान्त पंजशीरमा तालिबानी लडाकु र विद्रोही फौजबीच भीषण भिडन्त भएको छ । यो भिडन्तमा विद्रोहीहरुले ५० भन्दा धेरै तालिबानी लडाकु मारिदिएको बताइएको छ । पंजशीर कब्जा गर्न भनी गएका लडाकुहरुलाई विद्रोहीहरुले मारिदिएका हुन् ।

पंजशीरले २ दशकअघि तालिबानी राजको समयमा तालिबानसँग विद्रोहको लागि बनाइएको नदर्न एलायन्स ब्युँताएको छ । तत्कालीन समयमा नदर्न एलायन्सको नेतृत्व गरेका अहमद शाह मसुदका छोरा अहमद मसुदले अहिले यसको नेतृत्व गरिरहेका छन् । उनलाई अफगानिस्तानका उपराष्ट्रपति अमीरुल्लाह सालेह र अन्य प्रभावशाली ‘वार लर्ड’ हरुले साथ दिएका छन् । मसुदले तालिबानसँग विद्रोह गर्न ९ हजार लडाकुको फौज तयार गरिसकेको बताएका थिए ।

पछिल्लो भिडन्तसँगै अफगानिस्तानमा तालिबान र नर्दर्न एलायन्सको युद्ध खतरनाक हुन सक्ने देखिएको छ । आइतबार राती तालिबानले पंजशीरका स्थानीय अधिकारीले शान्तिपूर्वक प्रान्त सुम्पिन अस्वीकार गरेकोले कब्जा गर्न लडाकु पठाएको बताएको थियो । ती लडाकुमध्ये ५० भन्दा धेरैलाई विद्रोहीले मारिदिएका छन् । उनीहरुले २० भन्दा धेरै तालिबानीलाई बन्धक बनाएको समेत बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *