अमेरिका र तालिबान लगातार सम्पर्कमा

डिसी नेपाल
८ भदौ २०७८ १०:४५

काठमाडौं। अफगानिस्तानमा तालिबान सत्ता स्थापित भएपछि अमेरिका र नाटो देशहरुले आफ्ना सैनिक र नागरिकलाई अफगानिस्तानबाट बाहिर निकालिरहेका छन् । अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक निकाल्नुको साथै तालिबानसँग पनि निरन्तर सम्पर्कमा छ । अमेरिका र तालिबानबीच लगातार कुराकानी भइरहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुभेलियनले पुष्टि गरेका छन् ।

ऋवाइट हाउसमा पत्रकार सम्मेलनका क्रममा जेक सुभेलियनले भने ‘हामी तालिबानसँग लगातार कुरा गरिरहेका छौं जुन अलग अलग विषयमा भइरहेको छ । हामी लगातार आफ्ना मित्र देशहरुसँग पनि सम्पर्कमा छौं । के विषयमा छलफल भइरहेको छ त्यो अहिले बताउनु जरुरी छैन ।’ राष्ट्रपति जो बाइडेनले भने अहिलेसम्म कुनै तालिबानी नेतासँग कुरा नगरेको उनले प्रस्ट पारे ।

अर्कोतर्फ बाइडेन प्रशासनले ३१ अगष्टसम्ममा आफ्नो सेनाअफ,गानिस्तानबाट निकालिसक्ने बताएको छ । सुभेलियनले ३१ अगष्टसम्म काबुल एयरपोर्टमा रहेका सबै सैनिकलाई फिर्ता बोलाइने बताए । हिजो मात्र तालिबानले निर्धारित समयसीमाभित्र अफगानिस्तान नछोडे अमेरिकाले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । यद्यपि सुभेलियनले यदि सैनिकलाई अझै अफगानिस्तानमा राख्नुपर्ने भएमा यसको निर्णय राष्ट्रपति बाइडेनले गर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *