पंजशीरमा नर्दर्न एलायन्स र तालिबानबीच भीषण भिडन्त, हजारा समुदायको सामूहिक हत्या
काठमाडौं। अफगानिस्तानको पंजशीरमा तालिबानले कैयौं तिरबाट आक्रमण र्ग थालेको नर्दन एलायन्सले जनाएको छ । पंजशीरका लडाकुहरुले पनि यसको जवाफ दिइरहेका छन् । यसअघि तालिबान सूत्रले पंजशीरका कैयौं गुट आफ्नो समर्थनमा आएको बताएको थियो । पंजशीरमा आक्रमणको कैयौं सूत्रले पुष्टि गरेका छन् । उता, दायकुन्द्री प्रान्तमा खदीर जिल्लामा तालिबानले हजारा समुदायका १४ जनाको सामूहिक हत्या गरेको छ ।
हजारा समुदायका कार्यकर्ताका अनुसार हजारा बहुल जिल्ला दायकुंदीमा तालिबानले नजीबा लाइब्रेरी र कम्प्युटर ल्याबमा तोडफोड र लुटपाट गरेका छन् । हजारा पत्रकार बशीर अहंगका अनुसार यो लाइब्रेरीमा स्थानीय हजारा किशोरकिशोरीहरु पढ्थे । अफगानिस्तानको अखबार इतलेआत रोजको दावीअनुसार दायकुन्द्री प्रान्तको खदीर जिल्लामा तालिबानले १४ जनालाई मारेको छ । यीमध्ये २ जना आम सर्वसाधारण हुन् । हजारा मामिलाबारे जानकारी राख्ने एक कार्यकर्ताका अनुसार स्वतन्त्र रुपमा पीडितसँग कुरा गर्ने अवस्था छैन तर स्थानीय मिडियाले १४ जना मारिएको समाचार प्रकाशित गरेको छ ।
Facebook Comment