तालिबान नेताले लडाकुलाई भने ‘जनतासँग सभ्य तरिकाले प्रस्तुत हुनू, हामी उनका सेवक हौं’
काठमाडौं। अमेरिकी सेना काबुल विमानस्थलबाट बाहिरिएपछि तालिबान नेताहरुले विमानस्थलमा फौजी पहिरन लगाएका आफ्ना लडाकुहरुलाई सम्बोधन गर्दै उनीहरुलाई स्वतन्त्रताको लागि बधाइ दिए । तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले उनीहरुसँग भने ‘हामीलाई आफ्नो बलिदानीमा गर्व छ । तपाइँ र तपाइँका नेताहरुले जे कठिनाइ सहेका छौं यो सबै त्यसैका फलस्वरुप हुन सकेको हो । यो हाम्रा नेताहरुको इमान्दारी र धैर्यताको नतिजा हो कि आज हामी स्वतन्त्र छौं ।
उनले अगाडि भने ‘म तपाइँहरुलाई र अफगानिस्तानलाई बधाइ दिन्छु । हामी हाम्रो देशमा फेरि कुनै आक्रमण नहोस् भन्ने चाहन्छौं । हामी सुख, समृद्धि र साँचौ इस्लामी व्यवस्था चाहन्छौं ।’ उनले आफ्ना लडाकुहरुलाई अफगानी जनतासँग सभ्य तरिकाले प्रस्तुत हुन भने । जबीहुल्लाहले भने ‘म तपाइँहरुबाट यो पनि चाहन्छु कि तपाइँहरु जनतासँग आफ्नो व्यवहारका विषयमा सावधानी अपनाउनुहोस् । अफगानी जनता प्रेम र सहानुभूतिको हकदार छन् । उहाँहरुसँग सभ्य तरिकाले प्रस्तुत हुनुहोस् । हामी उनका सेवक हौं । हामीले आफूलाई उनीहरुमाथि थोपरेका होइनौं ।
विमानस्थलमै तालिबानका अर्का ठूला नेता हनस हक्कानीले अफगानी नागरिक खुसी भए पनि कैयौं तत्वहरुले अमेरिका फिर्ता जाओस् भन्ने नचाहेको र उनीहरुले अमेरिकाको कब्जा कायम रहोस् भन्ने चाहेको बताए । तालिबानको साथ रहेका हक्कानी नेटवर्ककका नेताले त्यहाँ एक रिपोर्टरसँग पनि कुरा गरेका थिए जुन कुराकानीको भिडियो क्लिप तालिबानका एक मिडिया प्रभारी तारिक गजनीवालाले ट्वीट गरेका छन् ।
हक्कानीले भने ‘म एक डाक्टरसँग कुरा गरिरहेको थिएँ । उनले भने – पहिले अस्पताल घाइतेहरु र मृतकले भरिएका हुन्थे अब यस्तो छैन ।’ हक्कानीले अगाडि भने ‘जहिले पनि कुनै सत्ता बदसिलन्छ भने यो स्वभाविक हो कि पहिले केही चुनौतीहरु पनि आउँछन् । तपाइँ जब घर बदल्नुहुन्छ त्यतिबेला पनि केही नोक्सानी हुन्छ । यो त सत्ता परिवर्तन थियो ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment