तालिबान नेताले लडाकुलाई भने ‘जनतासँग सभ्य तरिकाले प्रस्तुत हुनू, हामी उनका सेवक हौं’

डिसी नेपाल
१५ भदौ २०७८ १७:३३

काठमाडौं। अमेरिकी सेना काबुल विमानस्थलबाट बाहिरिएपछि तालिबान नेताहरुले विमानस्थलमा फौजी पहिरन लगाएका आफ्ना लडाकुहरुलाई सम्बोधन गर्दै उनीहरुलाई स्वतन्त्रताको लागि बधाइ दिए । तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले उनीहरुसँग भने ‘हामीलाई आफ्नो बलिदानीमा गर्व छ । तपाइँ र तपाइँका नेताहरुले जे कठिनाइ सहेका छौं यो सबै त्यसैका फलस्वरुप हुन सकेको हो । यो हाम्रा नेताहरुको इमान्दारी र धैर्यताको नतिजा हो कि आज हामी स्वतन्त्र छौं ।

उनले अगाडि भने ‘म तपाइँहरुलाई र अफगानिस्तानलाई बधाइ दिन्छु । हामी हाम्रो देशमा फेरि कुनै आक्रमण नहोस् भन्ने चाहन्छौं । हामी सुख, समृद्धि र साँचौ इस्लामी व्यवस्था चाहन्छौं ।’ उनले आफ्ना लडाकुहरुलाई अफगानी जनतासँग सभ्य तरिकाले प्रस्तुत हुन भने । जबीहुल्लाहले भने ‘म तपाइँहरुबाट यो पनि चाहन्छु कि तपाइँहरु जनतासँग आफ्नो व्यवहारका विषयमा सावधानी अपनाउनुहोस् । अफगानी जनता प्रेम र सहानुभूतिको हकदार छन् । उहाँहरुसँग सभ्य तरिकाले प्रस्तुत हुनुहोस् । हामी उनका सेवक हौं । हामीले आफूलाई उनीहरुमाथि थोपरेका होइनौं ।

विमानस्थलमै तालिबानका अर्का ठूला नेता हनस हक्कानीले अफगानी नागरिक खुसी भए पनि कैयौं तत्वहरुले अमेरिका फिर्ता जाओस् भन्ने नचाहेको र उनीहरुले अमेरिकाको कब्जा कायम रहोस् भन्ने चाहेको बताए । तालिबानको साथ रहेका हक्कानी नेटवर्ककका नेताले त्यहाँ एक रिपोर्टरसँग पनि कुरा गरेका थिए जुन कुराकानीको भिडियो क्लिप तालिबानका एक मिडिया प्रभारी तारिक गजनीवालाले ट्वीट गरेका छन् ।

हक्कानीले भने ‘म एक डाक्टरसँग कुरा गरिरहेको थिएँ । उनले भने – पहिले अस्पताल घाइतेहरु र मृतकले भरिएका हुन्थे अब यस्तो छैन ।’ हक्कानीले अगाडि भने ‘जहिले पनि कुनै सत्ता बदसिलन्छ भने यो स्वभाविक हो कि पहिले केही चुनौतीहरु पनि आउँछन् । तपाइँ जब घर बदल्नुहुन्छ त्यतिबेला पनि केही नोक्सानी हुन्छ । यो त सत्ता परिवर्तन थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *