कतारमा तालिबान र बेलायतबीच वार्ता

डिसी नेपाल
१६ भदौ २०७८ ८:४०

काठमाडौं। अफगानिस्तानबाट अमेरिकाको अन्तिम सैन्य विमान उडिसकेको भए पनि अफगानिस्तानमा अझै कैयौं विदेशी नागरिक छन् । यसरी छुटेकाहरुमध्ये बेलायती नागरिक पनि छन् । यसबाहेक कैयौं यस्ता अफगान नागरिक पनि छन् जसले गठबन्धन सेनालाई सहयोग गरेका थिए । अब बेलायतले आफ्ना नागरिकहरु र अफगान नागरिकहरुलाई सुरक्षित बाहिर निकाल्ने विषयमा तालिबानसँग वार्ता गरिरहेको छ ।

बेलायती अधिकारीहरु र तालिबान सदस्यहरुबीच भइरहेको यो वार्ता कतारमा भइरहेको छ ताकि बेलायती नागरिकको सुरक्षित निकासी सुनिश्चित गर्न सकियोस् । कोड नाम नम्बर १० भएका एक एजेन्टले बीबीसीलाई बताएअनुसार अफगानिस्तानमा डेढ सयदेखि अढाइ सयको हाराहारीमा यस्ता मानिसहरु छन् जो त्यहाँबाट बाहिर निकाल्नको लागि योग्य छन् । उनीहरुको साथमा उनीहरुका परिवार पनि छन् ।

बेलायत–तालिबान वार्ताका विषयमा टिप्पणी गर्दै टेन डाउनिङ स्ट्रिटका प्रवक्ताले भने ‘अफगानमा भइरहेको परिवर्तनको सन्दर्भमा प्रधानमन्त्रीका विशेष प्रतिनिधि साइमन गास दोहाको विशेष यात्रामा हुनुहुन्छ । उहाँले तालिबानका बरिष्ठ प्रतिनिधिहरुसँग बैठक गरिरहनुभएको छ ताकि अफगानिस्तानबाट बेलायती नागरिकको सुरक्षित फिर्ती सुनिश्चित गर्न सकियोस् । यीमध्ये बेलायती र अफगान नागरिक पनि छन् जसले २० वर्षदेखि हामीसँग काम गरिरहेका छन् ।’

मंगलबार विदेश सचिव डोमिनिक राबले बताएअनुसार बेलायतले अहिलेसम्म १७ हजारभन्दा धेरैलाई अफगानिस्तानबाट निकालेको छ यीमध्ये ५ हजार भन्दा धेरै बेलायती नागरिक छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *