काबुलको विमानस्थल बन्द, पाकिस्तान र इरानसँगको सीमामा भाग्न चाहनेहरुको भिड

डिसी नेपाल
१६ भदौ २०७८ १६:२१

काठमाडौं,। अमेरिकाले अफगानिस्तान छाडेर बाहिरिएपछि अफगानिस्तानबाट बाहिरिन चाहने अन्य मानिसहरु संकटमा परेका छन् । काबुलको अन्तर्राष्ट्रिय विमानस्थल तालिबानको कब्जामा छ र यहाँबाट कुनै पनि अन्तर्राष्ट्रिय विमान उडेका छैनन् । विमानस्थल बन्द भएपछि हजारौं अफगानी नागरिकहरु देश छाड्नका लागि पाकिस्तान र इरानसँग जोडिएको सीमा क्षेत्रमा पुगेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानको खैबर पास सीमामा हजारौं मानिसहरु अफगानिस्तानर्फ उभिएका छन् । यस्तै अवस्था अफगानिस्तान–इरान सीमामा रहेको इस्लाम काला बोर्डर पोस्टमा छ । केही व्यक्तिहरुका अनुसार इरानका सुरक्षा एजेन्सीले नियम केही खुकुलो पारेर मानिसहरुलाई जान दिइरहेका छन् ।

काबुल विमानस्थल अमेरिकाको नियन्त्रणमा हुँदासम्म पछिल्लो १५ दिनमा करिब १ लाख २५ हजार मानिसहरुलाई अफगानिस्तानबाट बाहिर पठाइएको थियो । संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार यो वर्षको अन्त्यसम्म करिब ५ लाख मानिसहरु अफगानिस्तान छोडेर अन्य देश भाग्न सक्छन् ।

तालिबानले काबुल विमानस्थल आफ्नो नियन्त्रणमा लिएको भए पनि यसको संचालन भएको छैन । तालिबान अहिले देशका अलग–अलग ठाउँमा बैंक खोल्ने, एटिएममा पैसा भर्ने र सरकारी कार्यालयहरु खोल्नेतर्फ केन्द्रित छ ताकि पछिल्ला कैयौं दिनदेखि रोकिएका कामहरु केही हदसम्म अगाडि बढ्न सकुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *