तालिबानले जफत गरेका अमेरिकी सैन्य सामानहरु प्रदर्शन गर्‍यो

डिसी नेपाल
१७ भदौ २०७८ १३:३९

काठमाडौं। अफगानिस्तानमा तालिबानको आक्रामक अभियान सुरु भएपछि राजधानी काबुलबाहिरको अवस्था थाहा पाउनु निकै कठिन बन्दै गइरहेको छ । कान्दाहार अफगानिस्तानको दोस्रो ठूलो सहर हो र तालिबानको जन्म पनि यहीँ भएको थियो ।

समाचार एजेन्सी एएफपीका एक संवाददाताका अनुसार तालिबान प्रशासनले बुधबार यहाँ अमेरिकाबाट खोसिएका सैन्य सामानहरुको परेड आयोजना गरेको थियो । यी संवाददाताले कान्दाहार क्रिकेट ग्राउण्डमा तालिबानी नेताहरु कुर्सीमा र उनका समर्थकहरु सिढीमा बसेर परेको प्रतिक्षा गरिरहेको देखेका छन् ।

यस क्रममा अमेरिकी सेनाका कैयौं सैन्य वाहहरु हम्बी र मल्टिप्रपोज ट्रकहरु देखिएका छन् । यसका साथै एउटा ब्ल्याक हक हेलिकप्टर कान्दाहारको आकाशमा उडिरहेको देखियो । यी हतियारलाई अफगान नेशनल डिफेन्स एण्ड सेक्युरिटी फोर्सको आत्मसमर्थणपछि हासिल गरिएको हो ।

सैन्य साजोसामानको परेड आयोजित हुँदै गर्दा कान्दाहार सहरमा तालिबानका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुंदजादा पनि सार्वजनिक रुपमा देखिने हल्ला चलेको थियो । तर, अन्तिमसम्म यो परेडमा अखुंदजादा आएनन् र तालिबान गभर्नरले भीडलाई सम्बोधन गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *