प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै

डिसी नेपाल
१८ भदौ २०७८ ७:०२
688
Shares

टोकियो। जापानी राजकुमारी माको प्रेमी केइ कोमुरोसँग छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन्। परम्परागत तामझामबिना नै यो जोडीेले विवाह गर्न लागेको हो। सर्वसाधरण नगारिकसँग विवाह गरे लगत्तै २९ वर्षीय माकोको राजकुमारीको पदवी सकिनेछ।

माकोले आफ्नो कलेज जीवनदेखिका प्रेमी कोमुरोसँग विवाह गर्ने दुई बर्षअघि घोषणा गरेकी थिइन्। तर, तयारीको अभाव देखाउँदै विवाह स्थगित गरेकी थिइन्।

राजकुमारी माको जापानी सम्राट अकिहितोकी जेठी नातिनी हुन्। राजकुमारीसँग विवाह गर्ने निधो हुनुअघि कोमुरोको पारिवारिक सल्लाहमा नै एक युवतीसँग विवाह गर्ने तय भएको थियो । विवाह गर्न लागेकी युवतीकी आमासँग कोमुरोकी आमाको लेनदेन विवादका कारण राजकुमारीसँगको विवाहमा ढिलाइ भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *