पन्जशिर पस्यो तालिवान, लडाकू र रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान

डिसी नेपाल
१८ भदौ २०७८ १२:२४
11.0k
Shares

काबुल। अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकू र त्यहाँका विद्रोही नेसनल रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान भएको छ।

काबुल कब्जामा लिए पनि तालिवान अहिलेसम्म पन्जशिर उपत्यकामा पस्न सकेको थिएन। आफ्ना लडाकू पन्जशिर उपत्यकामा पसेर फ्रन्टका सेनाबिरुद्ध सशक्त कारबाही गरेको तालिवानले दाबी गरेको छ।

तालिवानको हमलालाई आफ्ना हजारौं सेनाले निस्तेज बनाएको फ्रन्टले दाबी गरेको छ। फ्रन्टले पन्जशिरलाई कुनै हालतमा आफ्नो नियन्त्रणबाहिर जान नदिने बताउदै आएको छ।

पन्जशिर विद्रोहलाइ पूर्व उपराष्ट्रपति अमरुल्लाह सलेस, अफगान सुरक्षा फौजका पूर्व सदस्य तथा स्थानीय जनजाती नेता अहमद मसुदको समर्थन छ।

पन्जशिर उपत्यकामा यसअघि पनि स्वदेशी र विदेशी सेनाले हमलाको प्रयास गरेका थिए। तर, पन्जशिर सतिसाल झैं उभियो। सन् १९८० को दशकको सोभियत आक्रमण र सन् १९९० को दशकमा भएको तालिवानको हमलालाइ मसुदका बाबुले निस्तेज पारिदिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *