खै कता छ ?

डिसी नेपाल
१९ भदौ २०७८ ७:००

उता मण्डलामा,
देशकै ठूलो शहरमा,
पम्प्लेट भेटिन्छ्न्, हामी यता छौँ।
थाहा छैन खाली सिउँदोहरुलाई
उनको सिन्दुर भर्ने त्यो मानिस कता छ ?

यता गाउँमा,
बेपत्ता नागरिकको स्मृति पात्रोमा,
एउटा अबोध बालक हेरेर टोलाइ रहेछ
मेरो जस्तै अनुहार मिल्ने यो मानिस को हो ?
मैले कहिल्यै देख्न पाइन खै मेरा बाबा कता छन् ?

बृद्ध आमाहरु,
कुँडियको मनले आँसु पिउँदै,
अझै पल्लो डाँडाको उकाली बाटो कुर्दै छन।
कुनै नेताले उनको छोरा लिएर फर्कने आसामा,
खै थाहा छैन कसैलाई उनका आशाकाे अन्त्य कता छ ?

अझै तातो बहस,
चिया पसलहरुमा चर्चा छ।
हैन हामी यता कि उता, कता हो ?
सूर्य कता ? चन्द्र कता ? जङ्गल कता ?
नेता कता ? चुनाव कता ? अनि राजनीति कता छ ?

अवाक म !
खै मेरा सम्बृद्धिका सपना
कुनै अदृस्य रुखमा फलेका फल जस्तै
म खोजीमा छु तर झन-झन शून्यता भेट्दै छु
लाग्छ चिर निन्द्रामा बर्बराइ रहेछु मेराे भबिस्य कता छ ?
यही देशमा छ या समुन्द्र पारिका मरुभुमिमा  ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *