ऋतुका ५ मुक्तक

डिसी नेपाल
१९ भदौ २०७८ ७:२३

                  १

देशकै दानापानी खाएर गल्ती गरिरहेछन्।
जतासुकै हल्ला फिजाएर गल्ती गरिरहेछन्।
मनमा शान्तिको बास कहिल्यै नमिलोस्,
जो बुद्धको देशमा आएर गल्ती गरिरहेछन्।

                २

लगाएर सधैं नकावै, देख्दै देख्दैनन्।
जे जति भएनी अभावै, देख्दै देख्दैनन्।
दुःखमा गोहीका आँसु झारेर रोइदेलान्,
यी आफन्त मेरा बाबै, देख्दै देख्दैनन्।

                ३

नगर्दिँदा मलम पट्टि, साहारा लिनु पर्यो।
बेहोसी मै गर्यौ कट्टी, साहारा लिनु पर्यो।
मञ्जिल पुग्न नपाउदै छुट्यो प्रेम पनि,
उपयुक्त लाग्यो भट्टी, साहारा लिनु पर्यो।

                 ४

बजाएर बाजा मच्चाएर धूम, पुर्‍याईदिन मन छ।
चलाएर आफ्नै हुकुम, पुर्‍याईदिन मन छ।
राजधानीकै पिचबाटोमा गुड्नेहरु बुझिराख,
खाली खुट्टै रोल्पा, रुकुम, पुर्‍याईदिन मन छ।

               ५

दिमागका हैन खेलाडी, भुत्ता बिदेशी छन।
यहाँ हरेकका खुट्टाहरुमा, जुत्ता बिदेशी छन।
आफ्नै जन्मभूमिको माटो बेच्न तयार हुन्छन्,
दलाल झै भुक्ने पाल्तु, कुत्ता बिदेशी छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *