मनसुन फेरि सक्रिय : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौं। केही दिन थामिएको झरी फेरि सुरु भएको छ। पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको छ ।काठमाडौं, सिन्धुली लगायतका क्षेत्रमा आइतबार रातिदेखि नै पानी परिरहेको छ।
सोमबार बिहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा पर्दा पानी परिरहेको हो। साेमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले उल्लेख गरेको छ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मंगलबार पनि धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ।
बुधबार भने झरी केही थामिने देखिन्छ । बुधबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment