हामी लगानी बढाउँछौँ, तपाईँहरु प्रतिफल दिनुहाेस् : महानगर प्रमुख शाक्य

डिसी नेपाल
२१ भदौ २०७८ १३:०४

काठमाडौँ । काठमाडाैं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले माग भएबमोजिमको लगानी बढाएको उल्लेख बताएका छन्। काठमाडौँ महानगरको वडा २१ मा रहेको विद्यालयमा प्रमुख शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलभक्त शाक्यलाई डेक्सटप कम्प्युटर र प्रधानाध्यापक चुडामणि शर्मालाई ल्यापटप हस्तान्तरण गरेर ल्याब शुभारम्भ गर्दै विद्यालयले प्रतिफल दिने अपेक्षा समेत व्यक्त गरेका छन्।

उनले भने, ‘हामी मागअनुसारका संरचना बनाइदिन्छौँ। प्रविधि र प्राविधिक सुविधा उपलब्ध गराउँछौँ। उच्चस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति बनाइदिन्छौँ। तर विद्यालयले प्रतिफल दिनुपर्छ। मैले भन्दै आएको छु, हामी संस्थागत विद्यालय विस्थापनको कुरा गर्दै छैनौँ तर प्रतिस्पर्धा गछौँ ।’

उनले विद्यार्थी संख्याको प्रसङ्ग जोड्दै भने, ‘निःशुल्क शिक्षा दिन्छौँ भन्ने सामुदायिक विद्यालयमा विद्यार्थी नहुनु र शुल्क लिएर अध्यापन गराउने संस्थागत विद्यालयमा विद्यार्थीको संख्या किन धेरै हुन्छ । अव समीक्षा गर्नुपर्छ र सामुदायिक विद्यालयले आफूलाई प्रतिस्पर्धी बनाउनुपर्छ।’

महानगरले शिक्षामा गरेको लगानीको विषय उल्लेख गर्दै प्रमुख शाक्यले भने, ‘विद्यालयलाई वातावरणमैत्री बनाउन हरियाली बढाउने, खेल मैदानलाई धुलोमुक्त बनाउने, सबै सामुदायिक विद्यालयमा एउटै रङ्ग लगाउने, महावाणी, भित्तेलेखन र भित्ते चित्र बनाउनेजस्ता संरचनागत काम गरेका छौँ।’ उनले प्राविधिक शिक्षाको कुरा गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) स्थापना गरिएको बताए। यसबाट सामुदायिक विद्यालयको सार्वजनिक छविमा सुधार हुँदै आएको बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *