गोरु काटेको आरोपमा ३ जना पक्राउ

डिसी नेपाल
२१ भदौ २०७८ २१:४९

काठमाडौं । गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् ।

भिरकोट नगरपालिका ८ ढापुकफेदीमा आइबार राति १ बजे जिउँदो गोरु काटेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।

गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरुका साथबाट २ वटा चक्कु पनि नियन्त्रणमा लिइएको छ। आरोपित ३ जनालाइै पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप भएको छ। यसअघि पनि जिल्लामा गोरु काटेको अभियोगमा ४ जना पक्राउ परेका थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *