पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध
साँकेतिक तस्वीर
काठमाडाैं । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ। पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए। पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment