सेनापति थापाले फेरि सार्वजनिक गरे आफ्नो सम्पत्ति विवरण

डिसी नेपाल
२२ भदौ २०७८ १०:५७

काठमाडौं। प्रधान सेनपाति पूर्णचन्द्र थापाले अवकाश पाउनु दुई दिनअघि आफ्नो सम्पत्ति विवरण पुन सार्वजानिक गरेका छन्। नेपाली सेनाको वेभसाइटमा भदौ २२ गते उनको सम्पत्ति विवरण पुन सार्वजानिक भएको छ। उनले भदौ १९ मा आफ्नो सम्पत्ति विवरण भरी सैनिक मुख्यालयमा बुझाएका थिए।

नेपाली सेनाको इतिहासमै पहिलोपल्ट प्रधान सेनापति नियुक्त भएपछि आफ्नो सम्पत्ति विवरण सेनापाति थापाले सार्वजानिक गरेका थिए। पदबाट अवकाश प्राप्त गर्दा पनि आफ्नो सम्पत्ति सार्वजानिक गर्ने सम्भवत इतिहासको पहिलो सेनापति पनि उनै पूर्णचन्द्र भएका छन्।

सेनामा आर्थिक पारदर्शिताको लागि निकै कडा कदमहरु चालेका थापाले सेनाभित्र हुने अनियमितताहरुमा आफ्नो कार्यकालमा निर्मम कारवाही गरेका थिए। केही जर्नेलहरु र अधिकृतहरुले कोर्टमार्शल व्यहोर्दै सजाय भोग्नु परेको थियो।

सेनालाई सुधार गर्ने उनको योजनाको मुख्य पाटो आर्थिकरुपमा पारदर्शी बन्नु पर्ने र अनियमितता गरे कारवाही भोग्न तयार हुनु पर्ने भन्ने थियो। यो काम गरेवापत उनले आन्तरिकरुपमा आलोचना खेप्नु परे पनि भ्रष्टाचारका विषय उठे छानविन गरी कारवाही गर्न उनले खुट्टा कमाएनन्।

अवकाश पाउने बेला सार्वजानिक भएको उनको सम्पत्ति विवरण र सेनापति नियुक्त हुँदाको सम्पत्ति विवरण हेर्नुहोस् (तस्वीरहरु र लिंकमा)

 सेनापति थापाकाे सम्पत्ति विवरण




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *