कुवेत सबै प्रकारका भिसा खुलाउने तयारीमा

डिसी नेपाल
२३ भदौ २०७८ १२:३८

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बन्द भएका सबै प्रकारका भिसा कुवेतले आगामी अक्टोबरदेखि खुला गर्ने भएको छ । लामो समयपछि भिजिट भिसा खुला गर्ने तयारी गरेको कुवेतले सबै प्रकारका भिसा खुला गर्ने तयारी गर्न लागेको हो ।

कुवेतको आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको छ । त्यहाँको सञ्चार माध्यमका अनुसार विभिन्न देशसँग सिधा हवाई उडान शुरु गरेको कुवेतले आगामी अक्टोबर सुरुदेखि भिजिट भिसा खुला गर्ने बताइसकेको छ ।

कुवेतले आफ्नो मुलुकमा कोराना भाइरस संक्रमण दर घटेको र खोप पनि पर्याप्त भएको भन्दै भिजिट भिसा खुला गर्न लागेको जनाइएको छ । हाल कुवेतमा निर्माण सल्लाहकार, ईन्जिनियर, प्राविधिक, शिक्षकलगायतका माग अत्यधिक बढेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *