पाँच बुँदे प्रतिबद्धता सहित एनआरएनए मध्यपूर्व क्षेत्रिय संयोजकमा राजेन्द्र अर्यालको उम्मेदवारी घोषणा

डिसी नेपाल
२३ भदौ २०७८ १८:३१

साउदी- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उप-संयोजकको जिम्मेवारी निर्वाह गरेका अर्यालले संघको अक्टोबरमा हुने २०२१–२०२३ कार्यकालको चुनावको लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

मध्यपूर्वको साउदी अरबलाई कर्मथलो बनाउँदै आएका राजेन्द्र अर्याल (जोन)ले यसै शिलशिलामा २१/२३ का लागी क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन्। २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा परिचित छन्। उनले गैर आवासीय नेपाली संघका १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सहसंयोजकको भूमिका निर्वाह गरिसकेका छन्।

क्षेत्रिय संयोजकका प्रत्याशी अर्यालले आफ्नो उम्मेदवारीको घोषणा संगै ५ बूँदे प्रतिबद्धता पनि जारी गरेका छन्।
प्रतिबद्धता पत्र:
१.राहत र उद्दार कार्यमा सदैव तत्पर रहनेछु ।
२.बैदेशिकरोजगारऎन२०६४लाई पुर्णरूपमाकार्यान्वयन गर्नरगराउन सरोकारवालाहरूसँग पहल गर्नेछु ।

३.एनआरएनएद्वारा संचालित परियोजनामा मध्यपूर्बका आप्रबासिहरूलाइ लगानि गर्न प्राथमिकताका आधारमा सुअबसर प्रदान गर्न पहल गर्नेछु ।

४.अन्य सामाजिक संघरसंस्थासँग मिलेर सहकार्य गर्नेछु ।

५.अन्तराष्ट्रिय समन्वय परिषद र मध्यपूर्बका एनसिसिसँग सहकार्य गरेर कार्य योजना बनाइ कार्यदिशा तय गर्नेछु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *