सिमकोट-खार्पु सडक एक हप्तादेखि अवरुद्ध

डिसी नेपाल
२४ भदौ २०७८ १२:०६

हुम्ला। कर्णाली करिडोर अन्तर्गत सिमकोट गाउँपालिकामा पर्ने सिमकोट-खार्पु खण्ड अवरुद्ध भएकाे छ । स्याम्ने खोलाले सडकलाई क्षति पुर्‍याएकाे हाे । सडक एक हप्तादेखि अवरुद्ध भए पनि सूचारु गर्न पहल गरिएकाे छैन।

खाेला नै सडकमा पसेपछि तीन सय मिटर कटान भएकाे स्थानीय मानहादुर परियारले बताए। अहिले याे सडकमा गाडी चल्न सकेका छैनन् ।

सडक मर्मतमा सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाले ध्यान दिएका छैनन् । सडक अवरुद्ध हुँदा हुम्लाकाे दक्षिण भेगका पाँचवटा गाउँपालिकाकाका स्थानीयलाई समस्या भएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *