गजल
के–के पाउन झरेको पात पनि त ओइलिने रहेछ
कलियुगमा धोका खानेको अस्तित्व सकिने रहेछ
सपना थियो तिमीलाई भुल्ने, यसकैपछि दौडिरहेँ
खुसी त यो तिम्रो तस्विरको मुस्कानले दिने रहेछ
आज उसले पनि झुट बोलेर मुस्कान देखाएर गयो
ऐनामा मुस्कान देखियो मनको आँशु नदेखिने रहेछ
प्रेमका कुरा कसैले नगरोस्, लाग्छ मेरो सामुन्ने बसेर
भलै चोट नलागोस् मनमा तर पीडा बल्झिने रहेछ
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment