बोक्सी भन्दै महिलामाथि निर्घात कुटपीट, श्रीमानसहित चारजना पक्राउ

डिसी नेपाल
२९ भदौ २०७८ १८:२९

काठमाडौं । झारफुक गर्ने क्रममा बोक्सी भन्दै एक महिलामाथि निर्घात कुटपीट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ललितपुरकी ३० बर्षीय महिलामाथि काठमाडौंको ठूलो भर्याङमा कुटपीट गरिएको थियो । कुटपीटको आरोपमा प्रहरीले ती महिलाका श्रीमानसहित दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार थिङचाहि झारफूक गर्ने धामी हुन् । उनलेनै ती महिलाको शरीरमा बोक्सी चढेको भन्दै कुटपीट गरेका थिए । धामीले कुटपीट गरेपछि त्यहाँ रहेका अन्य व्यक्तिले पनि कुटपीट गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौका एसपी रमेश बस्नेतले बोक्सी भन्दै कुटपीट गर्ने चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको बताए । पीडित महिलाको जाहेरी उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पीडित महिलाको शरीरमा कुटपीटबाट नीलडाम सहित घाउ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *