त्रिभुवन विमानस्थलबाट तीन किलो सुनका गरगहनासहित दुई पक्राउ

डिसी नेपाल
२९ भदौ २०७८ १९:४०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक ट्रमिनलबाट तीन किलो सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनीहरुलाई श्री एयरलाइन्सबाट विराटनगर जान लागेको बेला पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना बरामद भएको छ । गरगहना लिएर विराटनगर जना लागेका कैलाालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सो सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ बराबरका गरगहना बरामद भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *