फ्रान्सले ‘अमेरिका र अस्ट्रेलियाले हाम्रो पिठ्युँमा छुरा रोपे’ किन भन्यो ?
काठमाडौं। अमेरिका र अस्ट्रेलियाले परमाणु पनडुब्बी खरिद गर्ने सम्बन्धमा गरेको सम्झौताप्रति फ्रान्सले उग्र प्रतिक्रिया दिएको छ । खासमा अस्ट्रेलियाले पहिले यी परमाणु पनडुब्बीहरु फ्रान्ससँग किन्ने तय थियो । फ्रान्सको आक्रोशको अनुमान यसबाट पनि गर्न सकिन्छ कि फ्रान्सका विदेशमन्त्री जीन इभ ले ड्रियांले यसलाई ‘पिठ्युँमा छुरा रोप्नु’ भनेका छन् ।
फ्रान्सले ५ वर्ष पहिले पारम्पिरिक रुपले सञ्चालित १२ पनडुब्बीहरु अस्ट्रेलियालाई बेच्नको लागि एक सम्झौतामा हस्ताक्षर गरेको थियो । यो सम्झौता ५६ बिलियन युरोको थियो । तर, त्यसपछि खबर आयो कि बेलायत, अमेरिका र अस्ट्रेलिया एक रणनीतिक साझेदारीको डील गरिरहेका छन् । यी तीन देशको यो रक्षा सम्झौताले फ्रान्ससँग भएको पनडुब्बी सम्झौतालाई रद्द गरिदिएको छ । फ्रान्सका विदेशमन्त्री जीन इभ ले ड्रियाँले यसलाई पिठ्युँमा छुरा रोप्नुजस्तै भएको बताएका छन् ।
France accused U.S. President Joe Biden of stabbing it in the back and acting like his predecessor Donald Trump after Paris was pushed aside from one of the world’s most lucrative defense deals that it had signed with Australia for submarines https://t.co/iA6IshUL8i pic.twitter.com/kxupgMxtuq
— Reuters (@Reuters) September 16, 2021
उनले अस्ट्रेलियासँग फ्रान्सको विश्वासको सम्बन्ध भएको र यो सम्बन्ध अब टुटेको बताएका छन् । फ्रान्सका रक्षा मन्त्री फ्लोरान्स पार्लीले यो आफ्नो बचनबाट पछि हटेका कारण नराम्रो खबर भएको बताए । बीबीसी संवाददाताका अनुसार फ्रान्स अस्ट्रेलियासँग निकै रुष्ट छ तर यो आक्रोश अमेरिकाप्रति अझै बढी छ किनकि फ्रान्सलाई लागिरहेको छ कि अमेरिकाको दबाबकै कारण अस्ट्रेलियाले पुरानो सम्झौता तोड्नु परेको हो ।
ले ड्रियाँले राष्ट्रपति बाइडेनको व्यवहार एकतर्फी, क्रुर र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको स्मरण गराउने खालको भएको टिप्पणी गरेका छन् । उनले आफ्ना सहयोगीसँग कसैले पनि यस्तो व्यवहार नगर्ने बताए । अमेरिका, बेलायत र अस्ट्रेलिया हिजो परमाणु पनडुब्बीसम्बन्धी सम्झौताका लागि सहमत भएका थिए । चीनलाई रोक्नको लागि गरिएको भनिएको यो सम्झौतामा अर्को हप्ता हस्ताक्षर हुन सक्ने बेलायती अखबार द सनले जनाएको छ ।
Facebook Comment