टाउकोको मूल्य तोकिएका बलात्कार आरोपी मृत भेटिए, मन्त्रीले ‘इन्काउन्टरमा मार्छौं’ भनेका थिए
काठमाडौं। भारतको हैदराबादको सैदाबादमा ६ वर्षकी बालिकालाई बलात्कार र हत्या गरेको आरोप लागेका फरार अभियुक्त मृत अवस्थामा भेटिएका छन् । पल्लनकोंडा राजु नामका यी अभियुक्तको शव आज रेलवे ट्रयाकमा भेटिएको हो । तेलंगना पुलिसले बीबीसीसँग राजुको शव भेटिएको पुष्टि गरेको छ । फरार आरोपी राजुको शव वारंगलको घनपुरनजिकै रेलवे ट्रयाकमा भेटिएको हो ।
#AttentionPlease : The accused of “Child Sexual Molestation and murder @ Singareni Colony, found dead on the railway track, in the limits of #StationGhanpurPoliceStation.
Declared after the verification of identification marks on deceased body. pic.twitter.com/qCPLG9dCCE— DGP TELANGANA POLICE (@TelanganaDGP) September 16, 2021
पुलिसका अनुसार बिहीबार बिहान राजुको शव भेटिएको हो । मृतकको शरीरमा भएका ट्याटु र अन्य चिन्हहरुबाट उनको सनाखत गरिएको छ । राजुको परिवारलाई घटनाको सूचना दिइएको छ । तेलंगनामा मन्त्री केटी रामारावले पनि ट्वीटरमा यो घटनाको जानकारी दिएका छन् । केटीआरले ट्वीट गरेका छन् ‘तेलंगनाका डिजीपीले भर्खरै सूचित गरेका छन् कि बालिकालाई बलात्कार गर्ने जनावरलाई फेला पारिएको छ र उनलाई घनपुर नजिकै रेलवे ट्रयाकमा मृत अवस्थामा पाइएको छ ।’
Just been informed by @TelanganaDGP Garu that the beast who raped the child has been traced & found dead on a railway track at station Ghanpur#JusticeForChaithra https://t.co/TCx2BHvVhG
— KTR (@KTRTRS) September 16, 2021
अब पोस्टमार्टमपछि शव परिवारलाई दिइनेछ । पुलिसले ९ सेप्टेम्बरमा पल्लकोंडा राजुलाई पक्राउ गर्न एक अभियान सुरु गरेको थियो । उनीमाथि घरअगाडि खेलिरहेकी ६ वर्षकी बालिबालाई चकलेटको लोभ देखाएर उनलाई बलात्कार गरेको र पछि हत्या गरेको आरोप लागेको थियो । तेलंगना पुलिसले उनको बारेमा जानकारी दिनेलाई १ण् लाख रुपैयाँ दिने घोषणा गरेको थियो । हिजो मात्र तेलंगनाका एक मन्त्रीले उनलाई पक्राउ गरेर इन्काउन्टरमा मारिदिन्छौं भनेका थिए ।
Facebook Comment