अफगानिस्तानसम्वन्धी विवाद कारण नेदरल्याण्डका रक्षा मन्त्रीले दिइन् राजीनामा

डिसी नेपाल
१ असोज २०७८ २२:४६

द हेग । नेदरल्याण्डका रक्षामन्त्री याङ्क बिलेभेल्डले शुक्रबार मन्त्री पदबाट राजीनामा दिएकी छन्।

अफगानिस्तानमा उत्पन्न संकटबारेमा गर्ने व्यवहारका सम्वन्धमा भएको विवादका कारण उनले राजीनामा दिनु परेको हो । उनले राजीनामा दिएपछि खाली भएको रक्षा मन्त्रालयको जिम्मेवारी विदेश मन्त्रीलाई दिइएको छ ।

विवाद भएपनि रक्षा मन्त्री बिलेभेल्डले राजीनामा दिन अस्वीकार गर्दै आएकी थिइन् । तर संसदले समेत उनको आलोचना गर्दै औपचारिक रूपमै राजीनामाका लागि दवाव दिएपछि उनी राजीनामा दिन बाध्य भएकी हुन् ।

“मैले मेरो पार्टी र प्रधानमन्त्रीलाई मैले राजीनामा दिएको बारेमा जानकारी गराएको छु, राजीनामा स्वीकृत गरिदिनुहुनु राजालाई अनुरोध गरेको छु,” बिलेभेल्डले भनिन् ।

अफगानिस्तानबाट विस्थापित भएका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने बारेमा विवाद भएकाले आफुले राजीनामा दिनु परेको र आफ्नो मतप्रति आफु अझै पनि अडिग नै रहेको उनले एएफपीलाई जानकारी दिइन्।

यसअघि यही विषयमा भएको विवादका कारण विदेशमन्त्री सिग्रिड काङले पनि बिहीबार राजीनामा दिएका थिए । उनलाई पनि राजीनामा दिन संसदले आदेश दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *