न्यूजिल्याण्डको क्रिकेट टिम खेल्दै नखेली फर्किएपछि पाकिस्तानमा कलह

डिसी नेपाल
२ असोज २०७८ १३:३१

काठमाडौं। न्यूजिल्याण्डको क्रिकेट टिमले पाकिस्तान भ्रमण रद्द गरेपछि पिएमएल–एन पार्टीकी उपाध्यक्ष मरियम नवाजले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निन्दा गरेकी छिन् । उनले न्यूजिल्याण्डको भ्रमण रद्द गर्ने निर्णयको खबर ट्वीट गर्दै प्रधानमन्त्री इमरान खानको पुरानो बयान क्याप्सनमा लेखेकी छिन् । यो क्याप्सनमा लेखिएको छ ‘म हरियो पासपोर्टको विश्वमा इज्जत गराउनेछु ।’

खासमा यो बयान इमरान खानले आफ्नो चुनाब प्रचारको क्रममा दिएका थिए । उनले चुनाब प्रचारको क्रममा भनेका थिए कि उनले आफ्नो देश र उसको पासपोर्टको सम्मान पूरै संसारमा गराउनेछु । मरियम नवाजको यो ट्वीटपछि केहीले सामाजिक संजालमा उनको समर्थन गरेका छन् । केहीले भने उनको आलोचना गरेका छन् ।

पाकिस्तानका उर्जा मन्त्री हम्माद अजहरले मरियमको ट्वीटको जवाफ दिँदै लेखेका छन् ‘हामीलाई निसन्देश घृणा गर तर मेरो धर्तीको केही त नुनको सोझो गर जसको धनबाट बाहिर सम्पत्ति बनाएकी छौ ।’ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले पनि न्यूजिल्याण्ड खेल्दै नखेली फर्किएपछि पाकिस्तानको इमरान खान सरकारलाई निशाना बनाएका छन् ।

नवाजले एक भिडियो सन्देशमा भनेका छन् ‘पाकिस्तान एक्लोपनाको शिकार भएको छ । कहाँ गयो हरियो पासपोर्टको इज्जत । विश्वको एउटा नेताले फोन गर्दैनन् र विश्वका अर्का नेताले सुन्दैनन् ।’ इमरान खानको सरकारले अमेरिकी राष्ट्रपति बाइडेनले फोन नगरेको गुनासो कैयौं पटक गरेको छ । अहिले न्यूजिल्याण्डको टिम फर्किन लागेपछि इमरान खानले न्यूजिल्याण्डकी प्रधानमन्त्रीलाई फोन गरेर सुरक्षाको खतरा नभएको भन्दै आश्वस्त पारेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *