जापानद्वारा नेपालसहित देशका आगन्तुक प्रतिबन्ध फुकुवा, क्वारेन्टिनमा नयाँ नियम

डिसी नेपाल
२ असोज २०७८ १४:२७

काठमाडौं । उच्च दरको कोरोना संक्रमणलाई नियन्त्रण गर्न जापान सरकारले नेपालसहितका केही देशहरुमा लगाएको आगन्तुक प्रतिबन्ध फुकुवा गरेको छ । त्यहाँको विदेश मन्त्रालयले शुक्रबार राति आफ्नो आधिकारिक वेबसाईटमार्फत सूचना प्रकाशित गर्दै जापानको रि–इन्ट्री भिसा भएका नेपाललगायत ४४ देशबाट जापान प्रवेश गर्न चाहने आगन्तुक जापान जान सक्ने जनाएको हो ।

साथै, प्रतिबन्ध फुकुवासँगै क्वारेन्टिनका लागि समेत नयाँ नियमको व्यवस्था गरेको छ । जारी गरिएको सूचनामा सेप्टेम्बर २०, २०२१ बाट नेपालसहित ४४ देशका नागरिकहरु जोसँग जापानको आवासीय भिसा र रि–इन्ट्री भिसा रहेको छ ती व्यक्तिहरु जापानको यात्रा गर्न सक्ने उल्लेख छ ।

अब जापानमा रोजगार, डिपेण्डेन्ट, विद्यार्थी लगायत सबै रि–इन्ट्री भिसा हुनेले जापानको यात्रा गर्न सक्ने छन । तर, रि–इन्ट्री भिसा म्याद सकिएको र पहिलो पटक भिसा पाउनेलाई भने अझै जापान प्रवेशमा रोक लगाइएको छ ।

जापान प्रवेश गर्ने आगन्तुकले पालना गर्नुपर्ने नियमहरुः

जापानको यात्रा गर्ने आगन्तुकहरुले ७२ घण्टा भित्रको कोरोना परीक्षण पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य लिनुपर्ने छ ।

आफनो स्मार्ट मोबाईल फोनमा ३ एप्लिकेसन डाउनलोड गर्नु पर्ने छ । ती एप्लिकेसनमा कन्टयाक्ट ट्रेसिग एफ र स्काइप हुनेछ ।

जापान आइसकेपछि विमानस्थलमा कोभिड–१९ को परिक्षण हुने छ । कोरोना नेगेटिभ देखिएमा जापान सरकारले तोकिएको होटलमा ३ दिन क्वारेन्टिनमा बस्नु पर्ने छ यसको खर्च जापान सरकारले व्यहोर्ने छ । ४ दिनको दिन कोभिड–१९ परीक्षण गरि आफ्नो घरमा जान सकिने छ भने कोरोना संक्रमण पोजेटिभ देखिएमा तोकिएको स्थानमा उपचारमा बस्नु पर्ने छ ।

४ दिनको दिन होटलबाट घरमा जान निजी सवारीको प्रयोग गर्नु पर्ने छ र यसको व्यवस्था आफै गर्नु पर्ने छ ।

होटलबाट घरमा जानु अघि जापान इमिग्रेसनमा कोरोना संक्रमण नियन्त्रणका सबै उपाय नियमहरु पालन गर्नेछु भनि लिखित कागज गर्नुपर्ने छ । उल्लेखित नियम पालन नगरेको खण्डमा भिसा रद्दसहित सदाका लागि जापान प्रवेशमा बन्देज गरी अन्य कानुनअनुसार कारवाही हुनेछ ।

घरमा पुगेको ११ दिन पश्चात आफ्नो नियमित काम गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *