रहस्यमय व्यक्ति १२ वर्षदेखि हरेक रात आधा घण्टा मात्र सुत्छन् तर थकान महसुस हुँदैन

डिसी नेपाल
२ असोज २०७८ १५:३५

काठमाडौं। जापानका एक व्यक्तिले विगत १२ वर्षदेखि आफू हरेक रात केवल आधा घण्टा मात्र सुतेको दावी गरेका छन् । उनका अनुसार केवल आधा घण्टा निदाउँदा पनि उनलाई कहिल्यै थकान महसुस हुँदैन ।

जापानका दाइसुके होरीका अनुसार उनले हरेक दिन आफ्नो सुत्ने समय ८ घण्टाबाट घटाएर केवल आधा घण्टा बनाएका छन् । यतिमात्र होइन उनको दावीअनुसार यति कम समय सुत्दा पनि उनको स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव परेको छैन । अनौठा समाचारहरु प्रकाशित गर्ने वेबसाइट ओडिटी सेन्ट्रलका अनुसार ३६ वर्षका होरी ‘जापान सर्ट स्लिपर्स एसोसिएसन’का अध्यक्ष हुन् ।

उनी सयौं अन्य मानिसहरुलाई आफ्नो थोरै सुत्ने तरिका सिकाउँछन् ताकि मानिसहरुले कम सुतेर आफ्नो उत्पादकत्व बढाएर शानदार जीवन बाँच्न सकुन् । कम निद्राका विशेषज्ञले उनलाई यस विषयमा थप व्यख्या गरिदिनको लागि आमन्त्रित गरेका थिए जसलाई जापानी टेलिभिजनमा प्रसारण गरिएको थियो ।

होरीका अनुसार उनलाई सधैं महसुस भइरह्यो कि १६ घण्टा ती सब कुरा हासिल गर्नको लागि पर्याप्त हुँदैन जुन उनी एक दिनमा हासिल गर्न चाहन्थे । त्यसैले विस्तारै उनले आफ्नो निद्राको दिनचर्यालाई कम गर्ने तरिकाको साथमा प्रयोग गर्न सुरु गरे । यसरी केही वर्षमै उनी आफ्नो निद्रालाई केवल आधा घण्टामा सीमित गर्न सक्षम भएको उनले दावी गरे ।

उनका अनुसार यसरी निद्राको समय यति धेरै घटाउँदा पनि उनलाई थकानको सट्टा स्वस्थ र ऊर्जावान महसुस हुन्छ । आफ्नो अविश्वसनीय क्षमतालाई प्रमाणित गर्नको लागि उनले आफ्नो अनौठो जीवनशैली ओडिटी सेन्ट्रलको रिपोर्टमा दस्तावेजीकरण गर्नको लागि एक टिभी क्रुलाई ३ दिनसम्म आफ्नो घरमा राखे । आश्चर्यजनक रुपले उनी वास्तवमै केवल ३० मिनेट सुतेर फेरि आफ्नो काममा लागे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *