एक जनालाई डिपोर्ट गर्न २१८ सिटको रित्तो विमान उडाइयो, डिपोर्ट गर्न मात्रै अरबौं खर्च
काठमाडौं। १ जना विदेशी नागरिकलाई आफ्नो देशबाट डिपोर्ट गरेर उसको देश पठाउनको लागि बेलायत सरकारले भारी रकम खर्च गरेको खुलासा भएको छ । पछिल्लो पटक १ जना विदेशी आप्रवासीलाई डिपोर्ट गर्नको लागि २१८ सिटको जेट विमान उडाइएको पाइएको छ । यो विमानमा ती एक जना आप्रवासी र अन्य १४ जना स्टाफबाहेक अरु थिएनन् ।
यो डिपोर्ट गएको अक्टोबरमा अपरेशन एस्पार्टो अन्तर्गत भएको द सनले खुलासा गरेको छ । रिपोर्टका अनुसार मन्त्रीहरुले गएको वर्षको अन्तिम ३ महिनामा मात्र मानिसहरुलाई डिपोर्ट गर्नको लागि १७.१ मिलियन पाउण्ड (पौने ३ अर्ब रुपैयाँ) खर्च गरेका थिए । यसरी डिपोर्ट गर्ने क्रममा एक जना विदेशीलाई आफ्नो देश फर्काउनका लागि १३ हजार ३५४ पाउण्ड (२१ लाख ५९ हजार रुपैयाँ) खर्च भएको थियो ।
यसरी बेलायले विदेशी अपराधीहरु, गैरकानुनी आप्रवासीहरु र शरणार्थीको दावी गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा गर्न असफल भएकाहरुलाई आफ्नो देश फर्काएको थियो । इमिग्रेसन स्टाफका अनुसार २०२० मा ६ वटा उडान ५ जनाभन्दा थोरैलाई लिएर उडेका थिए । सबैभन्दा ठूलो ट्रिप ३४ जनालाई अल्बानिया फर्काउँदाको थियो जसमा १२१ जना जना सपोर्ट स्टाफ पनि थिए । २६७ सिट भएको एउटा जहाजले मात्रै ३ जनालाई लिएर फ्रान्स र इटली गएको थियो ।
Facebook Comment