ठमेलमा जर्मन नागरिक मृत फेला, तीन जना नियन्त्रणमा

डिसी नेपाल
८ असोज २०७८ १३:२६

काठमाडौं। काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेपछि प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याक्याट मृत फेला परेका थिए।

उनी बसेको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले कोठमा खोल्दा उनी मृत फेला परेका हुन्। सो सम्बन्धमा अनुसन्धान लागि तीन जना नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

प्रहरीका अनुसार होटलवालाले ढोका खोल्दा कोठाको बीच भागमा खुट्टा भुइँमा झारी टाउकोमा प्लास्टिक छिराई घाँटीमा मसिनो रबरले बाँधेको अवस्थामा उनको शव फेला परेको थियो। प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको छ।

महाशाखाका अनुसार डेभिडको कोठामा केही औषधीहरु फेला परेको र त्यसको पनि चेक जाँचका लागि पठाइएको छ। प्रहरीले उनको मृत्युको कारण पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाह हुने बताएको छ । प्रहरीका अनुसार डेभिड टुरिष्ट भिषामा नेपाल आएका हुन । उनी ३ महिनादेखि सो होटलमा बस्दै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *