षड्ऋतुहरु

डिसी नेपाल
९ असोज २०७८ १२:५९

जहाज चडेर
लागियो प्रदेश
के होला के होला
मन भरी डर
के गर्ने यस्तै छ
थिएन् रहर।

यात्रा छोटो हो की
छिटै जो पुगियो
सुन्दर शहर
हाम्रो छ रहर
रातको प्रहर
मनमा कहर।

रातभरि चिन्ता
मन पनि रुन्छ
घर सम्झी ,सम्झी
के होला प्रदेश
भन्ने हो हैं चिन्ता।

साथीहरु मस्त
म भने परस्थ
के के होला कुन्नि
यो चिन्ताको अस्त्र
कसो गरी गरु
चिन्ताको परस्थ ।

उज्यालो किरण
आखामा टल्कियो
बाहिर शहर
सुन्दर देखियो
काममा मानिस
हिडेको भेटियो।

मेरो पनि काम
अब सुरु हुन्छ
बासी भात सधै
झोला भित्र हुन्छ
प्रदेशको पीडा
नगरौँ न हेला।

धेरै नै आउँछ
गर्मी छ पसिना
फेरिपनि काम
गर्ने हो खटेर
यस्तै हुन्छ यहाँ
प्रदेशी अवस्था।

घरतिरको याद
अती नी आउँछ
साना बालबच्चा
आखामा छाउने
गर्दिन सम्झना
भन्दा नी नहुने।

गाह्रो छ बाँच्न
बाँकी माया साँच्न
के गर्ने के नगर्ने
मन छ अस्थिर
समाल्नु त पर्छ
सबैको माया छ।

माया भन्दा ठूलो
अरू के नै हुन्छ
माया सम्झी बाँच्ने
अब निधो गरे
सधै भरी हाँस्ने
विचार पनि गरे।
१०

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *