षड्ऋतुहरु

डिसी नेपाल
९ असोज २०७८ १२:५९
72
Shares

जहाज चडेर
लागियो प्रदेश
के होला के होला
मन भरी डर
के गर्ने यस्तै छ
थिएन् रहर।

यात्रा छोटो हो की
छिटै जो पुगियो
सुन्दर शहर
हाम्रो छ रहर
रातको प्रहर
मनमा कहर।

रातभरि चिन्ता
मन पनि रुन्छ
घर सम्झी ,सम्झी
के होला प्रदेश
भन्ने हो हैं चिन्ता।

साथीहरु मस्त
म भने परस्थ
के के होला कुन्नि
यो चिन्ताको अस्त्र
कसो गरी गरु
चिन्ताको परस्थ ।

उज्यालो किरण
आखामा टल्कियो
बाहिर शहर
सुन्दर देखियो
काममा मानिस
हिडेको भेटियो।

मेरो पनि काम
अब सुरु हुन्छ
बासी भात सधै
झोला भित्र हुन्छ
प्रदेशको पीडा
नगरौँ न हेला।

धेरै नै आउँछ
गर्मी छ पसिना
फेरिपनि काम
गर्ने हो खटेर
यस्तै हुन्छ यहाँ
प्रदेशी अवस्था।

घरतिरको याद
अती नी आउँछ
साना बालबच्चा
आखामा छाउने
गर्दिन सम्झना
भन्दा नी नहुने।

गाह्रो छ बाँच्न
बाँकी माया साँच्न
के गर्ने के नगर्ने
मन छ अस्थिर
समाल्नु त पर्छ
सबैको माया छ।

माया भन्दा ठूलो
अरू के नै हुन्छ
माया सम्झी बाँच्ने
अब निधो गरे
सधै भरी हाँस्ने
विचार पनि गरे।
१०

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *