ब्रेन्टफोर्डसँग लिभरपुल रोकियो, रोमाञ्चक अवस्थामा इपीएल तालिका
काठमाडौं। इंगलिस प्रिमियर लिग (इपीएल) मा इजिप्टका मोहम्मद सलाहले १०० गोलको कोसेढुंगा छोएको दिन लिभरपुल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा योर्गन क्लोपको लिभरपुल ब्रेन्टफोर्डसँग ३-३ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो।
इथान पिनकको गोलमा घरेलु टोली ब्रेन्टफोर्डले २७औँ मिनेटमा अग्रता लिएको थियो । डियोगो जोटाको ३१ मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
सालाहले ५४औँ मिनेटमा भ्रमणकारी टोलीलाई अग्रता दिलाए । तर, भिटाली जेनेटले ६३औँ मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई खेलमा फर्काए।
कर्टिस जोन्सले ६७औँ मिनेटमा गोल गर्दा लिभरपुलले ३-२ को अग्रता बनायो । तर वैकल्पिक खेलाडी योहान विसाले ८२औँ मिनेटमा ब्रेन्टफोर्डका लागि बराबरी ३-३ को बराबरी गोल गरे।
बराबर बाबजुद लिभरपुल ६ खेलमा १४ अंकका साथ प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ।
शनिबार राति चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको म्यानचेस्टर सिटी १३ अंकका साथ दोस्रो स्थानमा छ । १३ अंक भए पनि चेल्सी, म्यानचेस्टर युनाइटेड र एभर्टन तेस्रो, चौथो तथा पाँचौ स्थानमा छन् । युनाइटेड एस्टन भिल्लासँग १-० ले पराजित भएको थियो।
एभर्टनले नर्विच सिटीलाई २-० गोल अन्तर हराउँदा वेस्टहमले लिड्स युनाइटेडमाथि २-१ को जित हासिल गरेको छ । वाट्फोर्ड र न्युक्यासलले १-१ को बराबरी खेल्दा लेस्टर र बर्नलीले २-२ को बराबरी नतिजा निकालेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment