लमजुङ : सवारी दुर्घटनामा परी तीन वर्षमा ३० जनाको मृत्यु

डिसी नेपाल
१४ असोज २०७८ ८:०९

लमजुङ । लमजुङमा सवारी दुर्घटनामा परी तीन वर्षमा ३० जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरीका अनुसार तीन वर्षमा ५५ वटा सवारीसाधन दुर्घटनामा परेका हुन्।

नाै वटा सवारी साधनमा क्षति पुगेको छ। तीन वर्षमा ९ वटा बस, ३ वटा ट्रक, १३ वटा जीप भ्यान, १६ जटा ट्याक्टर, १४ वटा मोटरसाइकल दुर्घटना भएको छ। जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले आर्थिक वर्ष ०७७/७८ मा २३ वटा सवारीसाधन दुर्घटना भएको बताए।

९ वटा सवारीसाधनमा क्षति भएको ट्राफिक कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीकाअनुसार बस ३, ट्रक १, जीप-कार-भ्यान ६, ट्याक्टर ७, मोटरसाइकल ६ गरी जम्मा २३ वटा सवारी साधन दुर्घटना भएको छ। दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। २७ जना सख्त घाइते भएका छन्। १६ जना सामान्य घाइते भएका छन्।

ग्रामीण भेगको कच्ची र खाल्डाखुल्डी सडकका कारण सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीले बताएको छ। सर्भे विना नै गाउँमा बाटो निर्माण गरिएकाले बाढीपहिरोको जोखिम बढेको र सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ। मदिरा सेवन गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले पनि सवारी दुर्घटना भइरहेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *