श्रीलंकाविरुद्ध नेपालको ३-२ गोल अन्तरले जित
काठमाडौं । श्रीलंकाविरुद्ध नेपालले ३-२ गोल अन्तरले जित हात पारेको छ ।
माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध मिडफिल्डर सुमन लामाले पहिलो हाफको ३३ औं मिनेटमा गोल गरेका थिए। सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।
दोस्रो हाफको ५१ औं मिनेटमा नेपालक अन्जन बिष्टले दोस्रो गोल गरेका थिए तर खेलको ५७ औं मिनेटमा श्रीलंकाले १ गोल फर्काएको थियो ।
खेलको ८६ औं मिनेटमा नेपालका लागि आयुष घलानले तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै श्रीलंका २-३मा सिमित हुन पुग्यो ।
श्रीलंकाविरुद्ध नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहेलो कार्ड पाएका छन् । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
आजनै भएको पहिलो खेलमा बंगलादेश र भारतले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment