आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा सन्दीप लामिछाने

डिसी नेपाल
२० असोज २०७८ १६:५४

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेयर अफ द मन्थ’ सेप्टेम्बरको मनोनयनमा परेका छन् । बुधबार आईसीसीले सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ‘को मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका कप्तान तथा ब्याटर जसकरण मल्होत्रा परेका छन् ।

सन्दीपले यसअघि आईसीसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँगको एक दिवसीय खेलमा सर्वोत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीको मनोनयन सूचीमा परेका हुन् ।

यसैबीच, बंगलादेशका नासुमले घरेलु मैदानमा भएको टि–ट्वान्टी श्रृंखलामा न्युजिल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले श्रृंखलामा आठ विकेट लिएका थिए । यस्तै चौथो खेलमा १० रन खर्चिएर चार विकेट लिएका थिए ।

अमेरिकी मल्होत्राले पिएनजी र आईसीसी विश्वकप लिग–२ मा १७३ रनमा अविजित रहेका थिए । उनले पूरा ६ एकदिवसीय खेलमा २६१ रन बनाएका थिए ।

यस अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार घोषणा हुनेछ । आईसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ ।

आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ । दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ । यस अवार्डको विजेता अर्को सोमबार घोषणा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *