क्यानको उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलको राजिनामा स्वीकृत,मल्ल कार्यवहाक सचिव
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को बुधवार र बिहीवार बसेको बैठकले संघका उपाध्यक्ष राजुबावु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलको राजिनामा स्वीकृत गरेको छ।
असोज १३ गते उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले राजिनामा बुझाएका थिए। उनीहरुको राजिनामा स्वीकृत भएसंगै सचिवको कार्यवहाक जिम्मेवारी प्रशान्त विक्रम मल्लले पाएको विज्ञप्तिमा उल्लेख रहेको छ।त्यस्तै क्यानले संघको आगामी बार्षिक साधरण सभा यही वर्षको डिसेम्वर १५ गते गर्ने निर्णय पनि गरेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment