ए डिभिजन फुटसलको उपाधिका लागि क्यासल र शंखमूल भिड्ने

डिसी नेपाल
२१ असोज २०७८ १९:२३

काठमाडौं। काठमाडौंको शंखमूल फुटसल क्लब पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश गरको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार द राइजिङ क्लब धरानलाई ४-३ गोल अन्तरले हराउँदै शंखमूल फाइनल प्रवेश गरेको हो ।

यसअघि घरेलु टोली स्पोर्ट्स क्यासल बुधबार नै फाइनल प्रवेश गरिसकेको छ । शंखमूलको जीतमा मणि लामा नायक बने । उनी एक्लैले ४ गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याएका हुन् । शंखमूलले यसअघि एलिमेटरमा घरेलु टोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइड भएको थियो ।

शंखमूल र क्यासल दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि लिग चरणमा क्यासल र शंखमूलले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । क्यासलले पनि क्वालिफाई खेलमा राइजिङ क्लबलाई नै पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगितामा १० वटा टिम सहभागी थिए । लिग विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

जारी प्रतियोगिताबाट एएफसी च्याम्पिएनसिपका लागि राष्ट्रिय टोली छनोट हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *