माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित – Dcnepal

माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित

काठमाडौं। बंगलादेशलाई पराजित गर्दै घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ। बिहीबार मालेस्थित राष्ट्रिय रंगशालामा राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले १/१ गोल गरे। खेलको ५५ औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए।

जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ। माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो । बंगलादेशको यो पहिलो हार हो । यसअघि बंगलादेशले १ जित र १ बराबरीको नतिजा निकालेको थियो। बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा छ।

तालिकामा २ जित सहित ६ अंक बनाएर नेपाल शीर्ष स्थानमा छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो