जर्मनीको पुनरागमन जित
काठमाडौं। विश्वकप छनोट तथा युरोपेली छनोटमा जर्मनीले पुनरागमन जित निकालेको छ। शुक्रबार राति भएको खेलमा जर्मनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो।
जर्मनको पुनरागमन जितमा सर्जी जिनाब्री र थोमस मुलरले १-१ गोल गरे । रोमानियाका लागि लानिस हागिले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका थिए ।
जितसँगै समूह ‘जी’मा जर्मनीको ७ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलबाट १० अंक बनाएको रोमानिया तालिकाको चौथो स्थानमा छ।
प्रतिक्रिया
Facebook Comment