नेपाली फुटबल टोलीलाई कुश्मा नगरले दुई लाख दिने घोषणा

डिसी नेपाल
१ कार्तिक २०७८ १७:१०
324
Shares

पोखरा। पर्वतको कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ। साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई नगरले प्रोत्साहन स्वरुप सो रकम दिन लागेको हो।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाली टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। फाइनलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो। सीमित स्रोतसाधनका बाबजुत पनि देशको लागि खेल्ने खेलाडीको सम्मानमा सहयोग घोषणा गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए।

‘नेपाली फुटबल टिम ऐतिहासिक रुपमा पहिलोपटक साफको फाइनलमा पुगेर सानदार प्रदर्शन गर्दै उपविजेता बन्यो,’ उनले फेसवुकमा स्टाटस लेखेका छन्, ‘नेपाली टिमको सम्मानस्वरुप कुश्मा नगरपालिका, पर्वतको तर्फबाट नगद दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *