अमेरिकाका पूर्व विदेश सचिव पावेलको कोभिडका कारण मृत्यु

डिसी नेपाल
१ कार्तिक २०७८ १९:३०
156
Shares

वासिंगटन डिसी । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणका कारण देहान्त भएको छ।

उनको परिवारले यसबारे फेसबुकमार्फत जानकारी सार्वजानिक गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन्। उनी ८४ बर्षका थिए।

अमेरिकी सेनाका प्रमुखसमेत भएका पहिलो अस्वेत विदेशमन्त्री पावेलको सोमबार विहानै मृत्यु भएको हो। उनले कोभिड १९ विरुद्धको दुबै खोप लगाए पनि कोरोनाबाट संक्रमित भई अस्पताल भर्ना भएका थिए।

भियतनाम युद्धमा सैनिक ड्युटीमा रहेका पावेल राष्ट्रिय सुरक्षा सल्लाहकार भएर ह्वाइट हाउस प्रवेश गरेका थिए। तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले नियुक्त गरेपछि उनी पहिलो अश्वेत सुरक्षा सल्लाहकार भएका थिए।

पछि उनलाई राष्ट्रपति जर्ज बुसले विदेश सचिवमा नियुक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *